विप्लव समूहमा आबद्ध दैलेखका नेता भोजपुरमा हतियारसहित पक्राउ
१८ पुस, भोजपुर । प्रहरीले हतियारसहित नेत्रविक्रम चन्द विप्लव समूहका एक नेतालाई पक्राउ गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिका ९, हसनपुरको भसुवाबाट ४ राउन्ड गोलीसहित दैलेख दुल्लु नगरपालिका २ का २७ वर्षीय वीरेन्द्रबहादुर थापालाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

उनको साथबाट गोलीसहित दुई थान डायरी र पार्टीका दस्तावेज पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले बताए ।
पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा थापालाई उक्त पेस्तोलसहित फेला पारी नियन्त्रणमा लिइएको हो। –रासस
प्रकाशित मिति : January 3, 2020 at 8:18 am







