२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

बेरुजु फर्छ्याैटमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सर्वाेत्कृष्ट, बेरुजु ०.००७० प्रतिशतमा सीमित

१७ पुस, काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल बेरुजु फर्छ्याैटमा सर्वाेत्कृष्ट भएका छन । गृह मन्त्रालयले मातहतका निकायबाट भएकाे कार्यसम्पादन र बेरुजु फर्छ्याैटमा सर्वाेत्कृष्ट भएकाे भन्दै बिहीबार गृहमन्त्रालयमा एक कार्यक्रम गरि नगद पुरस्कारसहित गृहमन्त्री रामबहादुर थापा बादलले सम्मान गरे ।

खनाललाई नगद १० हजारसहित सम्मानित गरिएकाे गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खनालले बेरुजु ०.००७० प्रतिशतमा सीमित गराएका छन । सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकालमा पारदर्शी र संगठनको आर्थिक पक्षलाइ उच्च अनुशासित ढंगले कार्य गरेका कारण नै सशस्त्र प्रहरिले बेरुजु फर्छ्योटमा सर्बोत्कृष्ट हुन सफल भएको हो । खनालले संगठनको प्रमुख भएयता विगतमा खस्किएको संगठनको साख उकास्न महत्वपूर्ण काम गर्दै आएका छन ।

यस्तै गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल पनि बेरूजु फर्छ्याैटमा उत्कृष्ट काम गरे वापत १०/१० हजार रुपैयाँसहित पुरस्कृत भएका छन । मन्त्रालयले तत्कालीन आर्थिक प्रशासन शाखा प्रमुख उप–सचिव शिवनाथ पौडेल, लेखा अधिकृत मिठाराम सुवेदी, शालिकराम पराजुली र लेखापाल नरबहादुर कुँवरलाइ ८/८ हजार रुपैयाँसहित पुरस्कृत गरेको छ ।

प्रकाशित मिति : January 2, 2020 at 6:15 pm