यात्रुबाहक जीप कर्णाली नदीमा खस्याे, ४ जनाको घटनास्थलमै मृत्यु
१७ पुस, बाजरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ । से१ज १०६४ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटले बताए ।

जीपमा ९ जना यात्रु सवार रहेकोमा ४ जनाको घटनास्थलमै मृत्यु भएको, घाइते ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको र बेपत्ता १ यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : January 2, 2020 at 3:42 pm









