१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

मुख्यमन्त्री पोखरेलद्धारा प्रदेश–५ मा भ्रमण वर्षको शुभारम्भ

 १६ पाैष, बुटवल । लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको प्रदेश ५ ले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथावातावरण मन्त्रालयकाअनुसार घुम्न जाउँ बर्दिया भन्ने नाराका साथ मनाउदै छ ।

बाँके राष्ट्रिय निकुञ्ज परिसरबाट मुख्यमन्त्री शंकर पोखरेलले बाँके जिल्लाको जंगल सफारीको उद्घाटन गर्नुभएको छ । भ्रमण वर्षको अवधि २०२० मा विभिन्न जिल्लामा पर्यटनसम्बन्धी मेलामहोत्सवका प्याकेज कार्यक्रम, लुम्बिनीमा ३ दिने पर्यटन बसाइको प्याकेज, ‘घुम्न जाऔंँ बर्दिया’विशेष प्याकेज, बाँके जंगल सफारी, रानीमहल पर्यटकीय महोत्सव, कमलदह पर्यटकीय मेला, महोत्सव आयोजना हुने प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिनुभयो ।

सन् २०२० मै स्वर्गद्वारीमा छिमेकी देशका तीर्थालुहरुलाई महाभिषेक प्याकेज कार्यक्रम, लुम्बिनी ढोरपाटन हुँदै डोल्पासम्मको ट्राभल रुटको अनुसन्धान जस्ता कार्यक्रम तय भएका छन् । भ्रमण वर्षको समयमा जिल्लामा होमस्टे तालिम, होमस्टे पूर्वाधार निर्माण, डकुमेन्ट्री, पर्यटन प्रोफाइल, बुद्ध सर्किटको अध्ययन प्रतिवेदन, सबै जिल्लाको पर्यटन क्षेत्रको अध्ययन लगायतका कार्यक्रम समेत मन्त्रालयले तय गरेको छ ।

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार १४:०८