७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

१६ पुस, काठमाडौं आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ । नेपाललगायत विश्वभर अंग्रेजी नयाँ वर्ष विविध कार्यक्रम गरी मनाइँदै छ । आज आजै नेपाल भ्रमण वर्ष २०२० आरम्भ हुँदै छ ।

यहीबीच नेपाललगायत विश्वभर छरिएर रहेका नेपालीले आजैका दिनलाई ‘राष्ट्रिय टोपी दिवस’का रुपमा पनि मनाउँदै छन् । पछिल्लो समयमा युवा पुस्ताले नेपाली टोपीको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले थालनी गरिएको अभियानले अहिले भने दिवसकै रुप लिँदै गएको छ ।

सन् २०१४ देखि जनवरी १ का दिन नेपालीले राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो । नेपालमा टोपी दिवस मनाउन सन् २००८ देखि नै सुरु गरिएपछि २०१४ मा आइपुगेपछि यसले बृहत् रुप लिएको थियो ।

योसँगै विशेषगरी प्रदेश २ अर्थात् तराईका जिल्लाहरुमा टोपी दिवसको सिको गर्दै धोती दिवस पनि मनाउने गरिएको छ । प्रदेश २ मा आज धोती दिवस र्‍यालीलगायत विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

हाम्रा तर्फबाट पनि सबै नेपालीमा अंग्रेजी नयाँ वर्ष, नेपाल भ्रमण वर्ष, धोती दिवस अनि टोपी दिवसको धेरै शुभकामना ।

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार ०७:५५