८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026

घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडिओ खगेन्द्रप्रसाद रिजाल पक्राउ

१५ पाैष, काठमाडाैँ । घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडिओ खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि मंगलबार रिजाललाई पक्राउ गरेको हो।

रिजालले जिल्ला प्रशासन कार्यालय, दोलखामा तत्कालीन प्रमुख जिल्ला रहँदा आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न घुस मागेको खुलेपछि गृह मन्त्रालयले निलम्बन गरेको थियो।

केही समयअघि मन्त्रालयमा तानेर निलम्बन गरिएका रिजालमाथि भ्रष्टाचारजन्य कसूरमा अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउ गरिएको अख्तियारले जनाएकाे छ ।

प्रकाशित मिति : December 31, 2019 at 6:13 pm