१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित

१५ पाैष, काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।


सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन भएको बुझिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ ।

प्रकाशित मिति : 15:55