२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

खैरो हिरोइनसहित एक पक्राउ

१५ पाैष, बनियानी । झापाको बिर्तामोड नगरपालिकाबाट ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बिर्तामोडस्थित रत्न सुपरमार्केटमा लागुऔषध खैरो हिरोइनको कारोवार भइरहेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सोमबार बिर्तामोड–६ का २४ वर्षीय रुपेश विश्वकर्मालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

विश्वकर्माका साथबाट प्रहरीले एक ग्राम ६६० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ भने उनको कोठामा खानतलासी गर्दा मोबाइल फोन चार्ज गर्ने ‘सामसुम पावर ब्याङ्क’ भित्र लुकाएर राखिएको ११२ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : December 31, 2019 at 3:16 pm