१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

प्रदेश ३ को मुख्यमन्त्रीसँग अभद्र व्यवहार गर्ने नुवाकोटका पुष्पराज पाण्डे पक्राउ

१४ पाैष, काठमाडाैँ । प्रहरीले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र व्यवहार गर्ने नुवाकोटका एक व्यक्तिलाइ पक्राउ गरेको छ । प्रहरीले नुवाकोट स्थायी घर भएका पुष्पराज पाण्डेलाइ अभद्र शब्द प्रयोग गरेर बोलेको आरोपमा पक्रउ गरेको हो । यसअघि मुख्यमन्त्री पाैडेलसँग अभद्र व्यवहार गर्दा तत्कालीन प्रदेश मन्त्री केशव स्थापितको जागिर नै गएको थियो ।

प्रहरीका अनुसार नुवाकोट घर भएका पाण्डे   एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत रहेका छन । पाण्डेलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले सोमबार पक्राउ गरेको एसपी अशोक सिंहले जानकारी दिएका छन । उनीमाथि कस्तो कारबाही चलाउने भन्ने बारेमा प्रहरीले मंगलबारमात्रै निर्णय लिनेछ ।

प्रकाशित मिति : 20:49