१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

शिक्षाको ढोका काँग्रेसको सरकारले खोलेको होः नेता सिंह

१४ पाैष, जलेश्वर । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालीलाई आफ्नै गाउँठाउँमा बसेर उच्च शिक्षा हासिल गर्ने वातावरण नेपाली काँग्रेसको सरकारले बनाएको बताउनुभएको छ । महोत्तरीको जलेश्वरस्थित एड्भान्स लर्नर्स इङ्लिश बोर्डिङ माध्यमिक विद्यालयको २५औंँ वार्षिकोत्सवमा नेता सिंहले प्रजातन्त्रअघि नेपाली जनताले उच्च तथा समुचित शिक्षाको लागि भारतको दरभङ्गा जानुपर्ने अवस्था रहेकामा काँग्रेसको सरकार गठनपछि आफ्नै गाउँठाउँमा शिक्षा आर्जनको अवसर प्राप्त गरेको उल्लेख गर्नुभयो ।

उहाँले प्रजातन्त्र बहालीपछि नेपालको गाउँगाउँ तथा टोलटोलमा विद्यालय स्थापना गराएर प्रत्येक नेपालीले मौलिक हककै रुपमा शिक्षा पाउनुपर्ने व्यवस्था ल्याएको बताउनुभयो । नेता सिंहले वर्तमान सरकारले जनतामा बाँडेको समृद्धिको आश्वासन पूरा गर्न नसकेको आरोप लगाउनुभयो । उहाँँले शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासप्रति सरकार क्रियाशील बन्नुपर्दछ भन्नुभयो ।

प्रकाशित मिति : 18:24