सुरक्षित र वातावरणमैत्री निर्माणमा ध्यान दिनुपर्नेमा विज्ञ इन्जिनियरहरुकाे जोड
१४ पाैष, काठमाडौँ । विज्ञ इन्जिनियरहरुले नेपालको पुननिर्माण विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेपालमा अवको निर्माण भूकम्पप्रतिरोधी हुनुका साथ वातावणमैत्री हुनुपर्ने खाँंचो उनीहरुले औल्याए । काठमाडौँ विश्वविद्यालय धुलिखेलमा अध्ययनरत सिभिल र आर्किटेक्ट इन्जिनियरिंग्का विद्यार्थीको समूह संकल्पले नेपालमा सिभिल र आर्किटेक्चर ईन्जिनियरिंग निर्माणमा सुधारको बाटो विषयमा गरेको कार्यक्रमका बक्ता इन्जिनियरहरुले निर्माण र पुननिर्माण विशेष सतर्कता अपनाउनुपर्ने बताए ।

कार्यक्रमको स्वागत काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिंग विभागका प्रमुख प्राडा प्रचण्डमान प्रधानले गरेका थिए । कार्यक्रम काठमाडौं विश्वविद्यालय इन्जिनियरिंग विभागका प्रमुख डम्वर नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा ईन्जिनियर कृष्णभक्त दुवालले इनोभेसन, इनर्जी सेभिग एण्ड इन्भारामेन्टल फ्रेण्डली कन्सट्रक्सन मेटेरियल, प्राडा सञ्जय उपाध्यायले इथिक्स एण्ड इन्भारामेन्टल टर्न इन आर्किटेक्चर, इन्जिनियर कुमार पाण्डेले इलेक्ट्रिसिटी ट्रेड इकोनोमिक्स एण्ड इन्भारामेन्ट, इन्जिनियर जगदिश्वरमान श्रेष्ठले २०१५ अर्थक्विक एण्ड अर्थक्विक रेसिडेन्ट स्ट्रकचर विषयमा प्रबचन दिएका थिए ।
प्रकाशित मिति : December 30, 2019 at 6:14 pm









