संसदबाट एमसीसी सम्झौता पास हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली
१४ पाैष, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताउनुभएकाे छ । साेमबार मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले सरकारको धारणा स्पष्ट रहेको हुँदा एमसीसी सम्झौता संसदबाटै पास हुने बताउनुभएकाे हाे ।

मन्त्री ज्ञवालीले भन्नुभयाे, ‘एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो’, ‘यो पास हुन्छ, सरकार प्रस्ट छ । मन्त्री ज्ञवालीले कसले के के भने त्यसलाई नहेरेर एमसीसी हामीलाई आवश्यकता हो की होइन भन्ने तीर ध्यान दिन आग्रह गर्नुभयाे । मन्त्री ज्ञवालीले एमसीसीबारे सकारात्मक बहस गर्न समेत आग्रह गर्नुभयाे ।
प्रकाशित मिति : 17:41









