नियन्त्रित लागूऔषधसहित तनहुँबाट २ जना पक्राउ
१४ पाैष, तनहुँ । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-३ ठाडोलाईनबाट नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठाडोलाईन डेरा गरी बस्ने २२ वर्षीय उमेश खड्का र उनकाे साथमा अर्का १ जना समेत गरी २ जना रहेकाे प्रहरीले जनाएकाे छ ।

आइतबार दिउँसो पक्राउ परेका उनिहरूकाे साथबाट लागूऔषध डाईजेपाम १४ एम्पुल, फेनारगन १४ एम्पुल, नुर्फिन १४ एम्पुल, ट्रमा लेखेको ट्याब्लेट १ हजार ५ सय ३५ पिस र डि-कफ ट्याब्लेट १ हजार ६ सय ७२ पिस समेत बरामद गरिएकाे ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले पनाएकाे छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रकाशित मिति : December 30, 2019 at 1:32 pm









