२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

काठमाडौँको चन्द्रागिरीमा रहेकाे सिटिजन्स बैंकको एटीएमबाट पैसा लुट्न खोज्ने २ जना पक्राउ

१३ पाैष, काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ थानकोटमा सिटिजन्स बैंकको एटीएम बुथ तोडेर रकम लुटपाट गर्न खोज्ने २ जना फक्राउ परेका छन् । प्रहरीले एटीएम बुटको सटर तोडी एटीएम मेसिन फुटाउने क्रममा २ जनालाई  पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका–६ घर भइ काठमाडौँको दाउराडिपो बस्ने २४ वर्षीय चित्रबहादुर शाही र २० वर्षीय नन्दराज धराल छन् । प्रहरीका अनुसार उनीहरुले ढुंगा, पिलास र फलामको रेञ्च प्रयोग गरेर एटीएम मेसिन फुटाउन खोजेका थिए । ढुङ्गाको प्रयोगबाट एटीएम बुथको सटर तोडेपनि उनीहरुले एटीएम मेसिन भने फुटाउन सकेका थिएनन् ।

फलामको रेञ्च प्रयोग गरेर मेसिन फुटाउने क्रममा दुवैलाई महानगरीय प्रहरी बृत्त थानकोटको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट एटीएम बुथको सटर तोड्न प्रयोग भएको ढुङ्गा, पिलास, फलामको रेञ्च र चक्कु बरामद गरेको छ ।

प्रकाशित मिति : December 29, 2019 at 5:23 pm