नेविसंघद्धारा त्रिवि उपकुलपति कार्यालय तोडफोड
१३ पाैष, काठमाडाैँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ। नेविसंघले आइतबार उपकुलपति कार्यालय तोडफोड गरेका हुन् ।

गत शुक्रबार उपकुलपति बाँस्कोटाको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाललाई नियुक्त गरेका थिए। त्यसैकाे बिराेधमा नेविसंघले उपकुलपति कार्यालय तोडफोड गरेकाे हाे ।
प्रकाशित मिति : December 29, 2019 at 3:00 pm









