७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्न एडिलेडमा नेपाली टाेपी दिवस मनाईने

१२ पाैष एडिलेड, अष्ट्रेलिया । प्रबासी नेपाली एकता मञ्च साउथ अष्ट्रेलियाले नेपाल भ्रमण वर्ष २०२० को प्रचार समेत गर्ने उद्देश्यले एडिलेडमा जनवरी १ मा टाेपी दिवस कार्यक्रम आयोजना गर्ने भएको छ । आयोजक समितिका आर के शर्माले प्रवासमा रहेका नेपालीहरुले नेपाली एकता, सद्भाव र सहयोगको पर्यायका रुपमा अनन्तकालदेखि शिरको शिखरका रुपमा परिचित नेपाली टोपीलाई संसारभर चिनाउने एवं नेपाल बाहिर हुर्किरहेको नयाँ पुस्तालाई विश्वकै अद्वितिय टोपीलाई नेपाली गौरवका रुपमा लिन उत्प्रेरित गर्ने अभियानलाई मियोको स्वरुप दिन विगत बर्षहरु झै यस वर्ष पनि नेपाली टोपी दिवस २०२० मनाऊने कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।

आयोजक समिति अर्का सदस्य शिव रिमाल नेपाली पर्यटनलाई विस्तार र प्रवर्धन गर्नका लागि मनाऊन थालिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुरुवात गरी एक नेपालीले एक विदेशी नेपाल पठाऔं भन्ने मुल मर्मलाई मुर्त रुप दिन संपुर्ण अष्ट्रेलियनहरु एकपटक नेपाल जाऔं भन्ने सन्देश संप्रेषण गर्ने मुख्य उद्देश्यले रहेको बताउनु हुन्छ ।

आयोजक समितिका अनुसार कार्यक्रममा नेपालीपन झल्काउने विविध सांस्कृतिक कार्यक्रम हुनेछ । त्यसै गरि मनाेरञ्जनात्मक खेलहरु पनि खेलाईने भएकाे छ । कार्यक्रमकाे अाकर्षण पञ्चेवाजा समूह एडिलेडकाे प्रस्तुति पनि रहेको छ । प्रवासी मञ्च साउथ अष्ट्रेलियाका अध्यक्ष हेम खनाल यो पटकको टोपी दिवस मार्फत नेपाली समुदायलाइ आफ्ना गैर्ह नेपाली साथीहरूलाई नेपाल भ्रमण वर्षको बारे विशेष रुपमा जानकारी दिन अनुराेध गर्ने बताउनुभयाे ।

प्रकाशित मिति : १२ पुष २०७६, शनिबार ०७:२१