१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

मिर्गौलाको डायलाइसिस गरेर प्रधानमन्त्री ओली निवास फर्किए

११ पाैष, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलाइसिस गरेर प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन । उनी केही घण्टा अघि मिर्गौलाको डायलाइसिसका लागि त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर गएका थिए । शुक्रबार दिउँसो नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेको र अहिले फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

फाइल तस्वीर

प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिसले काम नगरेपछि नियमित रूपमा मिर्गौलाको डायलाइसिस गर्दै अाएका छन । उनको शरिरमा तत्काल मिर्गौला प्रत्यारोपण समेत गर्न नमिल्ने भएपछि के गर्ने भन्ने विषयमा निजी चिकित्सकहरूले गम्भीर अनुसन्धान गरिरहेका छन । प्रधानमन्त्री केही सातायाता प्रधानमन्त्री निवासबाट बाहिर सार्वजिनक कार्यक्रमहरूमा खासै निस्किएका छैनन् । उनले पछिल्लो पटक चिकित्सकको सल्लाह मानेर केही अाराम गरिरहेका छन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट मार्फत दिएको जानकारी ।

प्रकाशित मिति : 15:27