प्रधानमन्त्री ओली अस्पतालमा
११ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली डायलाइसिसका लागि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर जानुभएकाे छ । शुक्रबार दिउँसो नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगिएकाे हाे ।

केहीबेरमा प्रधानमन्त्री ओलीको डायलाइसिस गरिने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएकाे छ । प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिसले काम नगरेपछि उहाँले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गर्दै आउनुभएकाे छ ।
प्रकाशित मिति : 14:50









