२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

श्रीमानकाे कुटाइले श्रीमतीको मृत्यु

१० पुस, इनरुवा । सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमानकाे कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो । श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो ।

फाइल तस्वीर

कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : December 26, 2019 at 12:50 pm