२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन

१० पुस, काठमाडौं नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा आज बिहान निधन भएको हो ।

निमोनियाँबाट ग्रसित श्रेष्ठ पाल्पा रामपुरका स्थायी बासिन्दा हुन् । उनको बिहान ५ बजे निधन भएको हो ।

उमेरहदका कारण उनले मुख्य सचिवमा स्पर्धा गर्न भने पाएका थिएनन् । श्रेष्ठलाई एक्कासि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : December 26, 2019 at 9:30 am