धुँवाको मुस्लो विमान दुर्घटनाको नभएको विमानस्थल कार्यालयको स्पष्टोक्ति
९ पाैष, काठमाडाैँ । त्रिभुवन विमानस्थल कार्यालयले मकवानपुरको जंगलमा निस्किएको धुँवाको मुस्लो कुनै विमान दुर्घटनाको नभएको स्पष्ट पारेको छ । मकवानपुरमा हवाई दुर्घटना नभएको र सबै विमानहरू सम्पकर्मै रहेको विमानस्थल कार्यालयका चन्द्रलाल कर्णले बताएका छन । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा रहेको जंगलमा धुँवाको ठूलो मुस्लो देखिएको छ ।

विमान दुर्घटनाको आशंका गर्दै प्रहरीलाइ खबर गरेका थिए । अहिले प्रहरी त्यसतर्फ गइरहेको छ । मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंहका अनुसार मकवानपुरको चौघडाबाट प्रहरी त्यसतर्फ गएको पुष्टि गर्दै आगो र धुँवाको मुस्लो देखिएको स्थानमा पुग्न दुई घन्टा लाग्ने बताएका छन ।

प्रकाशित मिति : December 25, 2019 at 1:32 pm









