२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

राष्ट्रपति भण्डारीसँग भारतीय राजदुत पुरीको बिदाई भेट

८ पुस, काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीसँग नेपालका लागि भारतीय राजदुत मञ्जीभसिंह पुरीले बिदाई भेटबार्ता गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदुत पुरीले आज शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग बिदाई भेट गरेका हुन् ।

भेटमा नेपाल र भारतबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको बिषयमा कुराकानी भएको थियाे । बिदाई भेटमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन खेलेको भुमिकाको प्रसंशासहित बधाई दिएकी थिइन् । भारतीय राजदुत पुरीले आजै प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाई भेट गरेका थिए ।

प्रकाशित मिति : December 24, 2019 at 6:21 pm