१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

उपेन्द्र यादवको समाजवादी पार्टीले सरकार छाडने

८ पुस, काठमाडाैँ । संघीय समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । आज बिहान बसेको पार्टी पदाधिकारी बैठकले सरकार छाड्ने निर्ण गरेको हो। बैठकको निर्णयअनुसार प्रधानमन्त्री ओलीलाई भेटेर समाजवादीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले आजै राजीनामा बुझाउने तयारी रहेकाे बताइएकाे छ । समाजवादीबाट यादव उपप्रधानमन्त्री तथा कानुनमन्त्रीको जिम्मेवारीमा छन् ।

यादवले संबिधान संशोधन जस्तो संवेदनशील बिषयलाई कसैसँग परामर्श नै नगरी मन्त्रिपरिषदमा ठाडो प्रस्ताव ल्याएपछि सोमवार बैठकमै प्रधानमन्त्री ओलीले हप्काएका थिए । केही समयअघि प्रधानमन्त्री ओलीले यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानूनमा सारेका थिए ।

प्रकाशित मिति : 13:58