गाडीको ठक्करबाट मोटसाइकलमा छोरालाई स्कुल पुर्याउन गएका बाबुकाे मृत्यु, छाेरा घाइते
८ पुस, काठमाडाैँ । काठमाडाैँकाे चन्द्रागिरी नगरपालिका–१२ स्थित गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार बिहान गाडीको ठक्करबाट पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको मृत्यु भएको हाे ।

छोरालाई स्कुल पुर्याउन प्रदेश ३–०२००९ प ७६२१ को साइन मोटसाइकलमा गएका केसीको घटनास्थलमै मृत्यु भएकाे छ भने छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ । उनलाई ठक्कर दिने गाडी र चालक फरार भएकाले सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : December 24, 2019 at 10:28 am









