२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

बालाजु बाइपास-बाइसधारा सडक ७ वर्षमा पनि नबनेपछि स्थानीयको विरोध

८ पुस, काठमाडौं ‘सडक निर्माणमा ढिलाइ भएको’ भन्दै बालाजु बाइपासका स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । काठमाडौं १६ बाइपास-बाइसधारासम्मको लगभग ३ सय मिटर सडक ७ वर्षसम्म पनि निर्माण सम्पन्न नभएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

सडक नबन्दा ज्येष्ठ नागरिक तथा बालबालिकामा निमोनियाँ, दमलगायतका श्वासप्रश्वास रोग देखिन थालेको स्थानीय बताउँछन् । स्थानीय उद्धव श्रेष्ठ दैनिक लाखौं सवारी आवतजावत गर्ने सडकखण्ड महानगरपालिकाले भत्काएर छाडेको बताउँछन् ।

‘लामो समयसम्म पनि निर्माणमा ध्यान दिएको छैन,’ उनले भने, ‘हाम्रो स्वास्थ्यमाथि खेलबाड भएको छ त्यसैले समिति नै गठन गरेर विरोध प्रदर्शनमा उत्रिन बाध्य भएका हौं ।’ विरोध कार्यक्रमअघि उनीहरूले सहरी विकास मन्त्रालय, महानगरपालिका र महानगर प्रहरी प्रभाव बालाजुमा सडक निर्माण माग गर्दै ज्ञापनपत्र बुझाएको खबर राजधानी दैनिकमा छ । माग सुनवाइ नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरूको चेतावनी छ ।

प्रकाशित मिति : December 24, 2019 at 7:47 am