२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

काठमाडाैँबाट ८० जना भन्दा बढी चिनियाँ नागरिक पक्राउ

७ पुस, काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ८० भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताउँदै काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले उनीहरुमाथि थप अनुसन्धान भइहरेको जानकारी दिए । प्रहरीले के कस्तो गैरकानुनी गतिविधिमा संलग्न रहेको भन्नेबारे केही खुलाएको छैन । पक्राउ पर्नेमा महिला र पुरुष दुबै चिनियाँ नागरिक रहेका छन् । प्रहरीले पक्राउ परेकाहरुबाट ल्यापटप, मोबाइल नगदलगायत समेत बरामद गरेको बताइएको छ ।

प्रकाशित मिति : December 23, 2019 at 6:17 pm