२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

काठमाडौँको सुकेधारामा बसको ठक्करबाट क्याम्पस जाँदै गरेकी छात्राको मृत्यु

७ पुस, काठमाडौँ। बसको ठक्करबाट काठमाडौँको सुकेधारामा क्याम्पस जाँदै गरेकी छात्राको मृत्यु भएकाे छ । सोमबार बिहान पौने ६ बजे काठमाडौँ-भक्तपुर चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सृष्टि पन्तको मृत्यु भएकाे हाे । बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा त्यही उनको मृत्यु भएको हो ।


पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययनरत गोरखाकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएकाे छ । बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोसित विद्यार्थीहरुले काठमाडौँ-भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरमा आगजनी गरेका छन् । आगजनीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ ।

प्रकाशित मिति : December 23, 2019 at 10:33 am