२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एक दिवसीय क्रिकेट सिरिज भारतको पोल्टामा

७ पुस, काठमाडौं वेस्ट इन्डिजविरुद्धको ३ खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । आइतबार अन्तिम तथा तेस्रो एकदिवसीयमा वेन्ड इन्डिजलाई ४ विकेटले पराजित गर्दै भारतले सिरिज २-१ ले जितेको हो ।

वेस्ट इन्डिजको ३१६ रनको लक्ष्य भारतले ४८ ओभर ४ बलमा ६ विकेट गुमाएर हासिल गर्‍यो ।  भारतको जितमा कप्तान विराट कोहलीले ८५ रनको इनिङ खेले । यस्तै लोकेश राहुलले ७७ तथा रोहित शर्माले ६३ रनको इनिङ खेले ।

रवीन्द्र जडेजा ३९ रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि केमो पाउलले ३ विकेट लिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।

पहिलो एकदिवसीय वेस्ट इन्डिजले ८ विकेटले जितेको थियो । तर, दोस्रो खेल भने भारतले १०७ रनले जित आत्मसात गर्‍यो । –एजेन्सी

प्रकाशित मिति : ७ पुष २०७६, सोमबार ०७:४१