११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

१३ चैत, काठमाडौँ । राष्ट्रपति कार्यालयले प्रतिनिधिसभाका सदस्य बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरिएको जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

शुक्रबार जारी विज्ञप्तिअनुसार चैत १३ गतेदेखि लागू हुने गरी शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।

प्रकाशित मिति : 10:12