२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अपहरणमा परेकी गाउँपालिका अध्यक्षकी श्रीमती जंगलमा भेटिइन्, अध्यक्षकाे अवस्था अझै अज्ञात

६ पुस, दैलेख । अपहरणमा परेकी दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला शाही जंगलमा फेला परेकी छन् । इलासँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ । शाही दम्पत्ति आइतबार राती ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको आफ्नै घरबाट अपहरणमा परेका थिए ।


गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् । अपहरणकारीले उनीहरुलाई बिजारेको जंगल हुँदै कालीकोटतर्फ लगेको स्थानीय बताउँछन् ।

अपहरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता रहेको अनुमान छ । यद्यपि यसको पुष्टि भइसकेको छैन । यद्यपि प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन । दैलेख प्रहरीले भने घटनाकाे पुष्टी भैनकेकाे बताएकाे छ । प्रतिबन्धित विप्लव समूहले उनीहरुको अपहरण गरेको आशंका गरिए पनि अपहरण कसले र किन गर्याे भन्ने अहिलेसम्म पुष्टि भएकाे छैन ।

प्रकाशित मिति : December 22, 2019 at 11:31 am