२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु

६ पुस, काठमाडौं पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिकात्मक तस्बिर ।

महाशाखाद्वारा जारी बुलेटिनमा पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ । तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा आग्रहसमेत गरेको छ ।

यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्दा चिसो बढेको छ । चिसोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी /हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तो छ महाशाखाको तीनदिने मौसमी पूर्वानुमान

आज (आइतबार)
दिउँसो र राति : पहाडी भागमा आंशिक बदलीको अवस्था छ । बाँकीमा मौसम सामान्यत: सफा रहनेछ ।

भोलि (सोमबार)
दिउँसो : पूर्वी पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ । बाँकीमा मौसम सामान्यत: सफा रहनेछ ।
राति : देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

पर्सि (मंगलबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।
राति : देशका मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ ।

प्रकाशित मिति : December 22, 2019 at 8:09 am