महाशाखाको अनुमान : हिमपात र पानी पर्ने सम्भावना
५ पुस, काठमाडौं । पश्चिमी वायुको प्रभाव जारी रहँदा आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशको उच्च पहाडी/हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ । योसँगै चिसो थप बढ्ने महाशाखाको अनुमान छ ।

आज (शनिबार)
दिउँसो : देशको पश्चिमी भू-भागलगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा सामान्य र अन्य स्थानमा आंशिक बदली रहनेछ । उच्च पहाडी/हिमाली भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी क्षेत्रका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । उच्च पहाडी/हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी क्षेत्रका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ ।
भोलि (आइतबार)
दिउँसो र राति : पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकीमा मौसम सामान्यत: सफा रहनेछ ।
पर्सि (सोमबार)
दिउँसो र राति : पूर्वी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकीमा मौसम सामान्यत: सफा रहनेछ ।
प्रकाशित मिति : December 21, 2019 at 8:13 am







