२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

भारत र चीन सीमामा सुरक्षा पोस्ट थपिने

४ पुस, काठमाडौं  सरकारले अन्तरदेशीय सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न १ सय १४ वटा सीमा सुरक्षा पोस्ट {बोर्डर आउट पोस्ट (बीओपी)} थप गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा परिचालन गर्ने नीति अख्तियार गरेको छ ।

नेपाल-भारत सीमा क्षेत्रमा हुने अन्तरदेशीय अपराध नियन्त्रण र सीमा क्षेत्रलाई व्यवस्थित गर्न १ सय १० बोर्डर आउटपोस्ट थप गरेको खबर नेपाल समाचारपत्र दैनिकमा छ । यस्तै चिनियाँ सीमामा ४ पोस्ट बढाइएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा क्षेत्रमा हुने विभिन्न प्रकारका अपराधलाई नियन्त्रण गर्न र अन्तरदेशीय सीमालाई व्यवस्थित गर्न सरकारको निर्णयले मद्दत पुग्ने जानकारी दिए ।

खुला सीमाका कारण नेपाल-भारत सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न सरकारको हालैको निर्णयले थप मद्दत पुगेको उनले जानकारी दिए । सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक सुरज श्रेष्ठका अनुसार यसअघिको सरकारले सीमा सुरक्षालाई व्यवस्थित गर्न सशस्त्र प्रहरी बलमा सीमा सुरक्षा विभाग गठन गरेको थियो ।

सो विभागले सबै सीमाक्षेत्रको अनुगमन तथा व्यवस्थापन गर्दै आएकोमा पछिल्लोपटक खारेजीमै परेको थियो। अहिले सरकारले बीओपीको संख्या थप गरेपछि सो विभाग पुनः कायम रहनेछ ।

प्रकाशित मिति : December 20, 2019 at 7:49 am