अब राजा वीरेन्द्रको निवास हेर्न पाइने
४ पुस, काठमाडौं । राजा वीरेन्द्रको निजी निवास श्रीसदन अब सर्वसाधारणले समेत हेर्न पाउने भएका छन् । साथै उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको हो ।
नारायणहिटी संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले राम्रो व्यवस्थापनसहित सबै अवलोकन गर्न मिल्ने बनाउन थालिएको बताए ।
यसअघि सो संग्रहालयमा ती सामग्री प्रदर्शनमा राखिएका थिएनन् । पुरातत्त्व विभाग, राष्ट्रिय संग्रहालय छाउनी र मोरङ उर्लाबारीस्थित मदन भण्डारी संग्रहालयको लामो अनुभव सँगालेका दाहालले अब राजा वीरेन्द्रका निजी प्रयोजनका सवारीसाधन, कार, हवाइजहाजलगायत निजीनिवास श्रीसदन पनि प्रदर्शनीमा राख्ने योजना सुनाएको खबर गोरखापत्र दैनिकमा छ ।
राजपरिवारको हत्यापछि बन्द रहेको नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गरी २०६५ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।

प्रकाशित मिति : December 20, 2019 at 6:43 am







