१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

नेकपा–राजपा सहमतिबारे यसाे भन्छन् पूर्व प्रधानमन्त्री भट्टराई

३ पस, काठमाडाैँ । राष्ट्रिय सभाको आसन्न निर्वाचनमा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको सहमतिलाई समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मालिक र दासबीचको मेलको संघ्या दिएका छन् ।

सत्ता साझेदार आफ्नो दललाई छाडेर नेकपाले राजपासँग सहमति गरेपछि बाबुरामले ट्विटरमा लेखेका छन्ः ‘जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ/दृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूको पूर्णमुक्ति हुन्न!फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पीस छन् !अहिलेका नयाँ मालिकहरू झन धूर्त छन् ! खाचो छ नयाँ स्पार्टाकसको ! सबैलाई चेतना भया !’

प्रकाशित मिति : 14:23