२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रहरी प्रवक्ता पोखरेल र डीआईजी थापाकाे सरुवा

२ पुस, काठमाडौँ । प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ । पोखरेलको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।


एसएसपीबाट डीआईडीमा बढुवा भएका पोखरेल डीआईडी हुनुअघि र पछि प्रहरी प्रवक्ताको भूमिकामा थिए । प्रवक्ता हुनुअघि उनी काठमाडौँ प्रहरी प्रमुखको भूमिकामा रहेका थिए । यस्तै डीआईजी थापा पोखरेल अघि प्रहरी प्रवक्ता रहेका थिए । अब फेरि थापा प्रवक्ताको भूमिकामा हुने बताइएको छ।

प्रकाशित मिति : December 18, 2019 at 8:24 pm