मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि राजीनामा मागेको भए दिन तयार थिएँ : गोकर्ण विष्ट
२ पुस , काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आत्मसम्मानमा चोट पुग्ने व्यवहार भएको गुनासो गर्नुभएको छ ।

पार्टी स्थायी कमिटी बैठकमा बुधबार बोल्दै विष्टले आफूलाई अयोग्यजस्तो व्यवहार गरिएको गुनासो गर्नुभयो । मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि राजीनामा मागेको भए दिन तयार रहेको भए पनि थाहै नदिइ हटाउँदा आत्मसम्मानमा चोट पुगेको उहाँको भनाइ थियोे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको मंसिर ४ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दै श्रम मन्त्रीबाट विष्टलाई हटाएर रामेश्वर राय यादवलाई श्रम मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रधानमन्त्री ओलीले विष्टसहित ६ मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाउनुभएको थियो ।
प्रकाशित मिति : 19:05









