राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता पुस २० मा, यस्ताे छ आयोगले सार्वजनिक गरेको कार्यक्रम
२ पुस, काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि पुस २० गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरिनेछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार पुस २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेपछि २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ । त्यही दिन निर्वाचन चिह्न समेत प्रदान गरिनेछ ।
७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् । उनीहरुको मतभार भने फरकफरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ ।
यस्ताे छ निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रमः

प्रकाशित मिति : 12:15









