आज काठमाडौँमा वर्षभरिकै धेरै चिसो, न्यूनतम तापक्रम ३.७ डिग्रीमा झर्याे
२ पुस, काठमाडौँ । आज काठमाडौँको तापक्रम वर्षभरिकै कम भएकाे छ । बुधबार बिहान साढे ६ बजेकाे न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन गररिएकाे मौसमविद वरुण पौडेलले जानकारी दिए । पौडेलले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम अझै घट्ने समेत बताए ।

तराईका जिल्लामा बाक्लो हुस्सु–कुहिरो लागेको र मध्य तथा पश्चिमी पहाडी भूभागका केही स्थानहरूमा समेत सामान्य हुस्सु कुहिरो लागेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : December 18, 2019 at 8:35 am







