सपथग्रहणपछि विद्याकाे प्रतिवद्धताः जनतासँग गरेका वाचाहरु पुरा गर्छु
१ पुस, काठमाडौँ । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद विद्या भट्टराईले आफ्नो कार्यकालमा जनतासँग गरेका वाचाहरु पुरा गर्ने प्रतिवद्धता जनाएकी छन् । सांसद विद्या भट्टराईले संसद सचिवालयमा सपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने बतान्दै ३ वर्षमा नीति निर्माण र विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिबद्धता जनाइन् ।

भट्टराईले भनिन्, ‘५ वर्षका लागि भएको निर्वाचनमा २ वर्षपछि उपनिर्वाचन भएको छ । ३ वर्ष बाँकी छन् । यो अवधिमा पहिलो नीति निर्माणमा भूमिका खेल्ने हो । दोस्रो विकास निर्माणमा अपूर्ण रहेका कामहरु पुरा गर्ने हो । यी दुबै काम ३ वर्षमा पुरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु । यी कामहरु पुरा गर्छु ।’
मंसिर १४ गते भएको उपनिर्वाचनमा विजयी भएकी भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनियताको सपथ गराएकी हुन् । उपनिर्वाचनमा उनले २४ हजार ३९४ मत ल्याएर विजयी भएकी थइन् ।
प्रकाशित मिति : 15:12









