५ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026

नेकपा मकवानपुरमा जिम्मेवारी बाँडफाँट

१ पुस, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मकवानपुरले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । नेकपाले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन क्षेत्र, दश वटै स्थानीय तह, विभिन्न विभागीय जिम्मेवारी र सङ्गठनतर्फको जिम्मेवारीसमेत तोकेको छ ।


नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रामेश्वर रानाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा पूरा गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको बताउँदै लोकतन्त्रलाई आत्मसात् गरेर काम गर्न आग्रह गर्नुभयो ।
जिल्ला अध्यक्ष मुनु सिग्देलले पार्टीले स्थानीय तहस्तरकोे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै स्थानीय तहहरुले निर्वाचन घोषणापत्रमा उल्लेख गरिएअनुसारका काम गर्नुपर्छ भन्नुभयो ।

प्रकाशित मिति : December 17, 2019 at 2:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/