१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

एसईईको परीक्षा चैत ६ देखि सञ्चालन हुने, यस्ताे छ तालिका

१ पुस, काठमाडौँ । २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गरेकाे छ । परीक्षा चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने  राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ ।

परीक्षा बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गणित र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।

बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाकाे छ । बोर्डले यसअघि परीक्षामा कम ग्रेड ल्याएकासमेत सहभागी हुनसक्ने  जनाएको छ ।

प्रकाशित मिति : १ पुष २०७६, मंगलवार ०९:४७