काठमाडौँको कीर्तिपुरमा मकल बालेर सुतेकी सुत्केरी र २ महिने शिशुकाे मृत्यु
३० मंसिर, काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा मकल बालेर सुतेका आमाछोराको निसास्सिएर मृत्यु भएको छ । कोठा न्यानो बनाउन भन्दै गएराति मकल बालेर सुतेका उनीहरु विहान मृत अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार अक्सिजन अभावमा निसास्सिएर मृत्यु भएको हुनसक्ने बताएको छ ।

कीर्तिपुर नगरपालिका–८ पाँगा बसपार्क नजिकै सुन्दरबस्तीमा ३२ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोरा रमेशको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिनुभयो । भेन्टिलेटर नभएको सानो कोठामा अक्सिजन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनिहरुसँग सुतेका श्रीमान भने सकुशल रहेका छन् ।
प्रकाशित मिति : December 16, 2019 at 1:23 pm










