नेकपा स्थायी समिति बैठक धुम्वाराहीमा सुरु
२९ मंसिर, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको छ ।एक वर्षपछि बसेको स्थायी समिति बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । बैठकमा ४५ सदस्यीय नेकपाको स्थायी समितिका अधिकांश सदस्य सहभागी भएका छन् । बैठकको अग्रभागमा सचिवालय सदस्यहरु बसेका छन् ।

जसमा प्रधानमन्त्री समेत रहेका ओलीका लागि पनि कुर्सी भने तयारी अवस्थामा राखिएको छ । उपप्रधानमन्त्री समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेल र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको बीचमा ओलीका लागि कुर्सी छुट्याइएको छ । तर उनको कुर्सी खाली देखिन्छ । बैठकका लागि पार्टीको सचिवालयले पाँच एजेन्डा तय गरेको छ ।
प्रकाशित मिति : 14:21









