२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

भारत लैजाँदै गरेको अवस्थामा १९ बालककाे उद्दार

२९ मंसिर, बाँके। जुम्लाको सिँजा गाउँपालिका ३ नराकोट निवासी १९ जना बालकलाई भारत लैजाँदै गरेको अवस्थामा उद्दार गरिएको छ । नराकोटकै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुई वटा अटो रिक्सामा राखेर भारत लैजाँदै गर्दा शनिबार राति जमुनाहा नाकाबाट ती बालकहरुको उद्दार गरिएको हो ।

सिविन नेपालगन्जका संयोजक सिद्धराज पनेरुका अनुसार उद्दार गरिएका बालकमा ९ वर्षदेखि १७ वर्षका छन् । सबैभन्दा बढी १६ वर्षका ७ जना बालक रहेका छन । १७ वर्षका ६ जना, १४ वर्षका २ जना र १३, १२, ११ र ९ वर्षका १/१ जना छन् ।

प्रकाशित मिति : December 15, 2019 at 2:07 pm