१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

नेकपाको सचिवालय र स्थायी समिति बैठक बस्दै

२९ मंसिर, काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले ९ बजेका लागि बोलाइएको छ । सचिवालय बैठक लगत्तै ११ बजेका लागि स्थायी समिति बैठक पनि डाकिएको छ ।

उसो त हिजो शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । नेताहरुको कार्यव्यस्तताले शनिबारको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठकले उप-चुनावको समीक्षा, संगठन सुदृढीकरण तथा स्थायी कमिटी बैठकको कार्यसूचीलगायत विषयमा छलफल गर्ने तयारी गरेको छ ।

यसअघि पनि शुक्रबार बस्ने भनिएको बैठक शनिबारका लागि सारिएको थियो । आज भने सचिवालय र स्थायी समिति बैठक बस्ने तयारी छ ।

फाइल तस्बिर ।

प्रकाशित मिति : 06:08