१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

अपडेट : नेताहरुको कार्यव्यस्तताले नेकपा सचिवालय बैठक स्थगित

२७ मंसिर, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । नेताहरुको कार्य व्यस्तताले बैठक सारिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठक भोलि या पर्सि बस्ने टुंगो भने नलागेको प्रवक्ता श्रेष्ठको भनाइ छ । मंसिर १४ गते बसेको स्थायी कमिटी बैठकको कार्यसूची, उपचुनाव समीक्षा, बाँकी रहेका सांगठनिक कार्यलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो ।

फाइल तस्बिर ।

उप-चुनाव भएका ठाउँबाट सबैको समीक्षात्मक प्रतिवेदन केन्द्रमा बुझाउन मंसिर १८ को सचिवालयको बैठकले निर्देशन दिएको थियो । तर, समयमा सबैको प्रतिवेदन नआएको भन्दै ५ दिनभित्र सबैले आ-आफ्नो प्रतिवेदन बुझाउन मंसिर २३ गते बसेको सचिवालयको बैठकले निर्देशन दिएको थियो ।

प्रकाशित मिति : 10:13