२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

अपडेट : उपत्यका र पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च हिमालमा हिमपात जारी

तापक्रम घट्यो अनि ह्वात्तै बढ्यो चिसो ! भोलिदेखि मौसममा सुधार आउने

२७ मंसिर, काठमाडौं काठमाडाैं उपत्यकासहित देशका पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ । आज दिनभर उपत्यका र पहाडी भेकमा मौसम बदली भई पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ । पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भएको महाशाखाले जनाएको छ ।

दिनदिनै काठमाडौं उपत्यकाको तापक्रम घटिरहेको छ । तापक्रम घटेसँगै मौसम चिसो भएको छ । तराईमा शीतलहर सुरु भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । विशेषगरी सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्किएका छैनन् ।

प्रतिकात्मक तस्बिर ।

पश्चिमी वायुको प्रभावले एक्कासि बिग्रिएको मौसममा भोलिबाट केही सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको दुई दिनसम्म पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका विभिन्न स्थानमा सतर्कता अपनाउन सबैसँग आग्रह गरिन् ।

महाशाखाका अनुसार आज दिउँसोसम्म मुलुकभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना छ ।

उता हिमाली क्षेत्रमा हिमपात सुरु भएसँगै सर्वसाधारण बेंसी झरिरहेका छन् । केही बेंसी झरिसके पनि केही झर्ने क्रममै छन् । अग्ला डाँडाहरु पनि सेताम्मे देखिन थालेका छन् ।

प्रकाशित मिति : December 13, 2019 at 9:04 am