इन्सपेक्टर जयनेपाल थापा ४० हजार घुससहित ललितपुरको पाटनबाट पक्राउ
२५ मंसिर, काठमाडौँ । नेपाल प्रहरीका एकजना निरीक्षक (इन्सपेक्टर) घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अुनसन्धान आयोगको टोलीले थापालाई ललितपुरको पाटनबाट घुससहित नियन्त्रणमा लिएको हो।

वैदेशिक रोजागरीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा उनलाई पाटनबाट पक्राउ गरिएको हाे । थापा महानगरीय अपराध महाशाखामा कार्यरत थिए।
प्रकाशित मिति : December 11, 2019 at 5:10 pm










