२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

साग सफलतापूर्वक सम्पन्न गरेकोमा चीनले नेपाललाई दियाे बधाइ

२५ मंसिर, काठमाडाैँ । चिनियाँ राजदूत हउ यान्छीले तेह्रौ दक्षिण एसियाली खेलकूद (साग) सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल सरकारलाई बधाइ दिएकी छन् । बुधवार सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै यान्छीले साग उल्लेखनीय बनेको टिप्पणी गरेकी हुन् ।

यान्छीले लेखेकी छिन्, ‘उल्लेखनीय दक्षिण एसियाली खेल ! नेपाल सरकार र यहाँका जनतालाई बधाइ छ,’  ।

प्रकाशित मिति : December 11, 2019 at 4:39 pm